काठमाडौँ – चुनाबी माहोल अझ बढी गर्म हुदैछ । यसको तात्पर्य हो कि मतदान गर्न दिन नजिकै आईसक्यो करिब मात्र अब ३ दिन बाँकि रहँदा यसै बखतमा सबैतिर चुनाबी प्रचार प्रसार तिब्र छ । पार्टी प्रवेश देखि अरु थुप्रै गतिबिधि दिन प्रति दिन भईरहेको छ । बिशेष गरि काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने ललितपुर जिल्ला यति बेला अलिक बढी चर्चामा छ । यो कांग्रेसको दबदबा भएको ठाउँ पनि मानिएको छ । स्थानिय चुनाबमा यस जिल्लाको महानगरपालिकामा कांग्रेसकै मेयर तथा उपमेयर विजय भए । यस हिसाबले पनि अहिले चुनाब अलिक धेरै बिशेष यो जिल्लामा भएको देखिन्छ ।


ADVERTISEMENT



ललितपुर जिल्लाको क्षेत्र नं ३ मा यति बेला चुनाबी लहर अलिक बढी नै छ । यस जिल्लाको क्षेत्र नं ३ को प्रतिनिधि सभाको उम्मेदवार मदन बहादुर अमात्य हुनुहुन्छ । उहा नेपाली कांग्रेस ललितपुर जिल्ला पार्टी सभापति पनि हुनुहुन्छ । स्थानिय चुनाबमा कांग्रेसको प्यानल विजय हुनुमा उहाको ठुलो हातमा रहेको सबैको भनाई छ । यस्तै क्षेत्र नं ३ बाट प्रदेश “ख” तर्फ शिवराम बानियाले उम्मेदवार दिएका छन् भने प्रदेश “ख” देखि नबराज महत ज्युले उमेद्वारी दिनुभएको छ । यति बेला क्षेत्र नं ३ मा यी ३ उम्मेदवार निकै बलियो मानिएको पाईएको छ ।


ADVERTISEMENT

# # #


यति बेला त सबैले जित कांग्रेस उम्मेदवारकै हुने अड्कल समेत काट्न थालिसकेका छन् । घरदैलो कार्यक्रममा यी उम्मेदवार स्थानीय बासिन्दा माझ पुग्दा पनि माहोल फरक हुने गरेको छ । यति बेला दिनहु कार्यक्रम भईरहेको छ । यसरी बीच आईतबार पनि उम्मेदवारहरुलाई कार्यक्रममा भ्याई नभ्याई भयो । आईतबार युमारी पुर्णिमाको अवसरमा सुनाकोठीमा आयोजित कार्यक्रममा समेत कांग्रेस उम्मेदवारहरुको उपस्थिति रहयो । सबैले उहाहरुलाई भब्य स्वागत गरे । त्यस्तै क्षेत्र नं ३ “ख” को ललितपुर महानगर वार्ड “२०” छावालमा आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देखियो ।

पार्टी सभापति मदन बहादुर अमात्य र अरु उम्मेदवारहरुको साथमा तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । यस्तै क्षेत्र नं ३ “ख” को ललितपुर महानगर वार्ड “४” पट्टिपामा भएको कार्यक्रममा पनि सबैले उपस्थिति जनाए । कार्यक्रममा क्षेत्र नं ३ प्रदेश “ख” का उम्मेदवार शिवराम बानियाले ललितपुर विकासको बिषयमा आफ्नो र पार्टीको सोच सबैलाई विश्लेषण गर्नुभयो । यस्तै क्षेत्र नं ३ “ख” को ललितपुर महानगर वार्ड “४” बागडोलमा कार्यक्रम पनि सबैको उपस्थिति रहयो ।

त्यसै गरि क्षेत्र नं ३ प्रदेश “क” को ललितपुर महानगर वार्ड “१३” सनराइज अपार्टमेन्ट नख्खुको कार्यक्रममा बोल्दै मदन अमात्य ज्युले अबको आफ्नो टिमको जित पछि सबैको समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो । त्यस्तै क्षेत्र नं ३ “ख” को ललितपुर महानगर वार्ड “२१” खोकनाको आम सभामा पनि सबै उम्मेदवारहरुले उपस्थिति जनाए । कार्यक्रम सबैले आफ्नो भनाईहरु स्थानीय माझ राखे । कार्यक्रममा बोल्दै तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले ललितपुर मात्रै नभएर पुरा देश विकासको निमित्त यति बेला नेपाली कांग्रेसको विजय हुन अनिवार्य आवश्यक रहेको बताउनुभयो ।