काठमाडौं – काठमाडौँ उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौँ उपत्यकाको फोहोर उठाइने भएको हो ।


ADVERTISEMENT


सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।


ADVERTISEMENT

# # #


सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।