काठमाडौं – कार्यान्वयनमा आएको २३ दिनमा नै साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता भएको छ ।


ADVERTISEMENT


सरकारले इन्धन खपत कम गर्न भन्दै गत जेठ एक गतेदेखि लागु हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिएको थियो । सरकारले परीक्षणका रुपमा यो निर्णय गरेको बताउँदै आएको थियो ।


ADVERTISEMENT

# # #


आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय व्यवहारिक नदेखिएको भन्दै फिर्ता लिएको एक मन्त्रीले बताए । सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । ती मन्त्रीका अनुसार, असार एक गतेबाट लागु हुने गरी आइतबारको बिदा हटाइएको छ । अब शनिबार मात्रै बिदा हुनेछ ।

आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध आजै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिरपरिषदको कार्यालय, गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता भएको हो।