काठमाडौँ- सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीचको सहमति नमान्ने भन्दै बञ्चरेडाँडावासीले फोहोरका गाडीमा रोक लगाएका छन् ।


ADVERTISEMENT


शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच फोहोर बिसर्जनसम्बन्धि भएको सहमति नमान्ने त्यहाँको स्थानियको तर्क छ ।


ADVERTISEMENT

# # #


उनीहरुले मंगलबार बिहान काठमाडौँबाट गएको गाडीलाई बीच बाटोमै रोकेका छन् । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत हप्तौँदेखि फोहोर व्यवस्थापन कार्य रोकेका कारण काठमाडौँमा फोहोर थुप्रिन थालेका थिए ।

समस्या समाधानका लागि विभिन्न पहल गरिरहेका महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सोमबार बेलुकी मात्रै त्यहाँका जनप्रतिनिधिसंग फोहोर विसर्जन गर्ने सम्झौत गरेका थिए । जसमा उनीसंगै सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए ।

यसका साथै बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका थिए ।

यद्यपि स्थानियले फोहोर विसर्जनमा रोक लगाएसंगै उनको यस प्रयास पनि विफल भएको छ ।