काठमाडौँ – चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्समा सहभागी हुने विभिन्न खेलको बन्द प्रशिक्षण सुर गरेको हो । खेलाडी क्षमता अभिवृद्धि गर्न, खेल कौशल अभिबृद्धि गर्न वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्न र नतिजामूलक उपलब्धी हासिल गर्न प्रशिक्षणको आयोजना गरिएको राखेपले जनाएको छ । प्रशिक्षण अवधि आषाढ २३ गते विहिवार सम्म रहने र आषाढ २४ गते शुक्रबार देखि २७ गते शुक्रवार भित्र दोश्रो छनौट सम्पन्न गर्ने लक्ष्य राखेपले लिएको छ ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा राखेपका सदस्य–सचिव श्री टंकलाल घिसिङले तालिमअवधीभर उत्कृष्टता देखाउन खेलाडीहरुलाई आग्रह गरे । उनले अन्तराष्ट्रिय प्रतियोगीतामा नेपालको सहभागीता बढाउनका लागि पनि नेपालको खेल क्षेत्रको थप बिकास हुनुपर्नेमा जोड दिए ।

यसअघि निर्धारित एसियन गेम्स भने स्थगित भईसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर, कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो । एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने छ ।