भक्तपुर – भक्तपुरको च्याम्हासिंहस्थित भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतललाई १०० शैय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको छ ।


ADVERTISEMENT


२०७८ फागुन १ गतेदेखि लागु हुने गरी ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालयबाट एक वर्षको लागि १०० शैय्याको अस्पताल सञ्चालनको लागि २०७९ जेठ २३ गते प्रमाणपत्र भक्तपुर नगरपालिकाले प्राप्त गरेको हो ।


ADVERTISEMENT

# # #


सोही अवसरमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले प्राविधिक शिक्ष तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी)ले आफ्नै १०० शैय्याको अस्पताल भएको शिक्षण संस्थाले पीसीएल नर्सिङको क्लास संचालन गर्न पाउने निर्णय अनुसार अब ख्वप अस्पातलले पीसीएल नर्सिङको क्लास संचालन गर्ने बताए ।

नगरप्रमुख प्रजापतिले यो अस्पताललाई २५ शैय्याबाट १०० शैय्या स्तरोन्नतिको लागि लामो समयदेखि प्रयासरत रहेको र हालै मात्र १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको बताए ।

अव अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाउँदै लगिने र नर्सिङ शिक्षा पनि सञ्चालन हुने भएसँगै विद्यार्थीहरुमा उत्साह थपिएको उनले बताए ।

यस अस्पतालमा हाल दैनिक ६०० जना भन्दाबढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको थियो । हालै सम्पन्न स्थानीय तहको निर्वाचन नेमकिपाको घोषण पत्रमा ख्वप अस्पताललाई १०० शैय्याको स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको तर्फवाट अनुमति प्राप्त हुनुलाई नेमकिपाको निर्वाचन घोषणपत्र कार्यान्वयनको रुपमा लिएको छ ।