काठमाडौं  – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट बन्द गरिने भएको छ ।


ADVERTISEMENT


फोहोर फाल्न थालिएको १७ वर्षपछि सिसडोल ल्यान्डफिल्ड साइट बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।


ADVERTISEMENT

# # #


सिडोलमा बन्द भएपछि अब बन्चरेडाँडामा फोहोर विसर्जन गरिने छ । बन्चरेडाँडामा पहिलो पटक गत जेठ १० गते प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको सेल १ मा फोहोर विसर्जन गरिएको थियो । मंगलबार फोहोर लिएर गएका ट्रकलाई स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो ।

वर्षाका कारण बिग्रिएको बाटो निर्माण गरेर अपराह्न फोहोर विसर्जन गरिएको थियो । महानगरकी वातावरण शाखाकी प्रमुख सरिता राईले मंगलबार १ सय ५७ ट्रक ९१२ सय मेट्रिक टन फोहोर विसर्जन गरिएको जानकारी दिइन् ।