काठमाडौँ – नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले वालीनाली लगाउने बेला किसानले मल नपाइरहेको तर सरकार मलमा ‘माल’ खोजिरहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा छलफलमा भाग लिँदै सांसद भट्टराईले कमिसन नपाएसँग सरकारले किसानलाई मल दिन नसक्ने जिकिर गरेका हुन् । उनले भने, ‘यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ । जबसम्म मलमा माल आउँदैन, तबसम्म मल आउनेवाला छैन ।’


ADVERTISEMENT

# # #


यस्तै भटट्राईले मलको जोहो गर्न कृषिमन्त्री महेन्द्र राय यादव भारत गएको प्रसंग निकाल्दै मल नपाउँदा उनी उतै निर्वासित हुनेहुन् कि भन्ने व्यंग्य गरे । सांसद भट्टराईले भने, ‘हामीले सुनिराखेका छौँ, मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभो, उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल नपाएर थकित भएर कृषिमन्त्री उतै निर्वासित हुनुहुन्छ कि भन्ने आशंका यहाँ छ ।’

उनल किसान पेन्सन योजना राम्रो भए पनि अवधारणागत स्पष्ट नभएको बताउँदै उनले यसको ठिक कार्यान्वयनका लागि किसानको वर्गीकरण र सूचिकरण गर्नुपर्ने बताए । सांसद भट्टराईले भने, ‘हाम्रो चलन छ, फर्ममा लेख्दा गरिब किसामले पनि किसान नै लेख्छ, भूमिहीन, सीमान्तकृत, धनीले पनि किसान लेख्छ, जमिनदारले समेत किसान नै लेख्छ । यो कुन किसानको लागि पेन्सनको कुरा गरिएको हो, त्यो स्पष्ट छैन ।’

यस्तै उनले एउटा गरिब, भूमिहीन, सीमान्तकृत किसानले पैसा जम्मा गर्न नसक्ने बताउँदै किसानले जम्मा गरेको पैसामा सरकारले १० प्रतिशत हाल्ने योजना न्यायोजिचत नहुने बताए । उनले भने, ‘एउटा गरिब, भूमिहीन, सीमान्तकृत किसानलृ पैसा जम्मा गर्न सक्दैन । धनी किसानले २ करोड जम्मा गर्छ, सरकारले १० प्रतिशत हाल्दिन्छ भने २० लाख सरकारले जमिनदारको खातामा हाल्दिन्छ । यसको मतलब सरकार वास्तविक किसानलाई होइन, नक्कली किसानहरुलाई पोस्दैछ ।’