काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन गरिएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र र पूँजीबजार क्षेत्रमा देखिएको बिबिध समस्यामा समाधान गर्नका लागि बुधबार नै सुझाव समिति गठन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


अर्थमन्त्रालय, राष्ट्र बैक र धितोपत्र बोर्डको सहभागितामा चार सदस्यीय सुझाव समिति गठन गरिएको उनले बताए । समितिले दिएको सुझावका आधारमा सुधारका कामहरु सुरु गर्ने उनको भनाई छ । त्यस्तै अर्थमन्त्री शर्माले आफुले नेतृत्व सम्हाले देखि धितोपत्र बजार देखिएका समस्याहरु पहिचान गर्दै सुदृढ गर्ने काम भएको र नयाँ प्रविधिलाई भित्राउनुपर्ने धारणा राखे । उनले लगानीकर्ताको हित संरक्षणका लागि नियमनकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले स्वचालिक कारोवार प्रणालीलाई बिश्वनियता बनाउनुपर्ने र सहज रुपमा कारोवारको अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे ।