काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटकोस्थित बञ्चरेडाँडामा आज पनि स्थानियले अवरोध सिर्जना गरेका छन् ।
काठमाडौँ उपत्यकाबाट उठाएको फोहोर विसर्जन गर्ने क्रममा बुधवार बिहान पनि स्थानीयले अवरोध खडा गरेका हुन् । फोहोरका गाडीलाई रोक्दै स्थानियले ढुंगामुढा गरेका छन् । स्थितिलाई वशमा ल्याउन प्रहरीले स्थानियमाथि अश्रुग्याँस प्रहार गरेको छ ।
सोमबार बेलुकी काठमाडौँ महानगर र सिसडोल फोहोर व्यवस्थापकसंग सम्झौता भएसंगै मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन शुरु गरिएको थियो । यद्यपि जनप्रतिनिधिको निर्णय नमान्ने भन्दै स्थानियले अवरोध गरेपछि हाल प्रहरी बल लगाएर फोहोर व्यवस्थापन कार्य भइरहेको छ ।