पथरी मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसमा आउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


कांग्रेस मोरङ क्षेत्र न। ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भने, “विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।”


ADVERTISEMENT

# # #


उनले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, ढल, नाला निर्माण शुद्ध खानेपनी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरे । सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबाबु पण्डित तथा प्रदेशसभामा रमेशप्रसाद पोखरेल चुनावी मैदानमा छन् । रासस