काठमाडौं – डिशहोमका एक ग्राहकले एक लाख रुपैयाँ जितेका छन् । CAS ID 2564033775 भएका ग्राहकले एक लाख रुपैयाँ जितेका हुन् ।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजना अन्तर्गत गरिएको लक्की ड्रमा CAS ID 2564033775 भएका ग्राहकले एक लाख जित्न सफल भएका हुन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।