काठमाडौँ– नेपाल टेलिकममा बोर्ड मेम्बर (कार्यसमिति सदस्य) चयनका लागि मतदान प्रक्रिया जारी छ । कर्मचारीका तर्फबाट हुने बोर्ड मेम्बर चयनका लागि शुक्रवार बिहान ९ बजेबाट मतदान प्रक्रिया शुरु भएको हो । उक्त मतदान प्रक्रिया साँझ ५ बजे टुगिंने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीका कुल ३ हजार ८५० जनाले नै मतदान गर्ने उक्त प्रकृयाबाट अत्याधिक मत पाएका व्यक्तिले  आगामी दुई वर्ष सम्मका लागि कम्पनीको नेतृत्व गर्नेछन् ।


ADVERTISEMENT

# # #


यसका लागि यादव पनेरु, रञ्जित लोहिया, शंकर लामिछाने, वीरेन्द्र लाल जोशी, बृजेश शर्मा ,सुनिल मिश्र, सुवास साह र भावेश कर्ण गरी कुल ८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । यस्तै, चुनाव लड्ने घोषणा गरेका नारायण प्रसाद, अधिकारी मधुसूदन दाहाल र विवेकानन्द दाहालले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

टेलिकममा कुल ३ हजार ९ जना कर्मचारी मात्रै राख्न पाउने दरबन्दी छ । यद्यपि हाल नयाँ विज्ञापन मार्फत आउने २७० जना कर्मचारीसहित कम्पनीमा ४ हजारभन्दा बढी कर्मचारी हुने पक्का भइसकेको छ । यसकारण पनि उम्मेदवारहरु सबैले आफ्नो मुल एजेण्डामा विशेषगरी कर्मचारी व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएका छन् ।

टेलिकममा प्रत्येक दुई वर्षमा सर्वसाधारण र कर्मचारीका तर्फबाट गरी दुई जना नव बोर्ड मेम्बर चुनिन्छ । सर्वसाधारणामार्फत चयन हुने बोर्ड मेम्बर चयन यसअघि नै सम्पन्न भइसकेको छ । जसमा शेयर बजारका खेलाडिका रुपमा चर्चित अम्बिका पौडेल नियुक्त भएका छन् ।