काठमाडौँ– नेपाल निजामति कर्मचारी अस्पतालमा ‘अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ’ मा १३ जनाको इकाई कमिटी गठन भएको छ । अस्पतालमा बिहिवार एक समारोहबीच दिनेश पन्तको अध्यक्षतामा माओवादी केन्द्र निकट ‘अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ’ मा १३ जनाको तदर्थ इकाई कमिटी गठन गरिएको हो ।


ADVERTISEMENT


जसमा कमिटीको नव अध्यक्षमा दिनेश पन्त, उपाध्यक्षमा सन्दिप तिवारी, सचिवमा तिलक खड्का, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा हेमराज अधिकारी(मनिष), सहकोषाध्यक्षमा सुवास न्यौपाने चयन भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सदस्यहरुमा रमेश विक, मनिता शर्मा, एसिना आरसी, जानुका रिजाल, हेमराज भण्डारी, सकुन्तला बन्जाडे र ज्याङ्गबु शेर्पा चयन भएका छन् भने कमिटीको सल्लाहकारमा प्रदिप शर्मा चुनिएका छन् ।

पार्टीका केन्द्रिय सदस्य, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण संगठनका इन्चार्ज कल्पना धमलाको प्रमुख आतिथ्यता र दिनेश पन्तको अध्यक्षतामा कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ , नेपाल निजामती कर्मचारी इकाइ कमिटी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् केन्द्रीय स्वास्थ्य विभाग र सङठन प्रमुख पुर्वमन्त्री क .कल्पना धमलाको प्रमुख उपस्थिती तथा महासंघका पदाधिकारीहरुको उपस्थितिमा , क. दिनेश पन्तको अध्यक्षतामा २७ सदस्य तदर्थ कमिटी समेत गठन गरिएको छ ।