नुवाकोट – नुवाकोटमा एक जना पुरूष आफैं गएर विद्युतको तारमा झुन्डिएर बसेका छन् । शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। प्रहरी भने उनलाई तल झर भन्दै फकाइरहेको छ ।


ADVERTISEMENT


ककनी गाउँपालिका ७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन् ।


ADVERTISEMENT

# # #


उनी बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन् । ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले भने ।

उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।