नुवाकोट – नुवाकोटको ककनीमा बिजुलीको तारमा हिड्ने पुरुषको उद्धार गरिएको छ । उनलाई सेनाको उद्धारटोली सहितको हेलिकप्टरले ४ घण्टाको प्रयास पछि सकुशल उद्धार गरेको हो ।


ADVERTISEMENT


उनी मानसिक सन्तुलन बिग्रिएको बेलकोट नगरपालिका १३ घले गाउँका माइला बिक हुन् । उनी तारमा हिँड्न थालेपछि बिजुलीको लाइन समेत काटिएको थियो ।


ADVERTISEMENT

# # #


बिहान १० बजेतिर सरासर बिजुलीको टावर चढेको देखेपछि स्थानीयले हल्लाखल्ला गरे। विद्युत प्राधिकरणमा खबर गरे। झण्डै ७० मेगावाट बिजुली प्रशारण भइरहेको प्रशारण लाइन अवरुद्ध गरिएको थियो ।