काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ को अमेरिका सिरिजमा घरेलू टोली अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


अमेरिकाको पियरल्याण्ड टेक्सासस्थित मुसा क्रिकेट मैदानमा क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय भएको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । यसहघि चोटग्रस्त बनेपछि ओमानविरुद्धको खेल गुमाएका आशिफ शेख र कुशल भुर्तेल टिममा फर्किएका छन् । यस्तै युवा खेलाडी मोहम्मद आपदल आलमले नेपाली एकदिवसीय टोलीमा डेब्यू गरेका छन् ।

नेपाललाई अमेरिकाविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन ।

विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १३ खेलमा १२ अङ्क जोडेको छ । नेपालले ६ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै अमेरिकाले २१ खेल्दा १० खेलमा जित र ११ खेलमा हारसहित २० अंकका साथ चौथो स्थानमा रहेको छ । यता ओमान भने ४२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३४ खेलमा२० मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो ।

नेपालको अन्तिम ११स्
कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र सुसन भारी ।