काठमाडौँ– नेपाली काँँग्रेस बाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलाडी र प्रशिक्षकको मनोबल उच्च राख्नको लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशद्वारा शनिबार काठमाडौँमा आयोजित ४२ औं  ब्ल्याक बेल्ट तेस्रो डान दीक्षान्त समारोहमा बोल्दै सभापति बानियाँले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित सभापति बानिँयाले खेलाडी देशका गहना रहेको धारणा व्यक्त गरे । खेलका माध्यमबाट देशलाई चिनाउने बाटोमा लागेकोमा खेलाडीहरुलाई धन्यवाद एवं बधाई ज्ञापन गर्दै उनले प्रमाणपत्र समेत वितरण गरे ।


ADVERTISEMENT

# # #


खेलको भौतिक स्तर सुधारमा सहयोग गर्ने प्रतिबद्वता गदै उनले भने, ‘भवन, कवर्डहल तथा अन्य भौतिक संरचना निर्माण तथा सुधारमा मै सहयोग गर्छु ।’, खेल देश र व्यक्तिको स्वास्थ्यको लागि अत्यावश्यक रहेको बाँनियको तर्क छ । भर्खरै सम्पन्न स्थानीयतहका नेतृत्वकर्ताहरुले खेल तथा खेलाडीको उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा समेत उनले जोड दिए ।

यस्तै, देशको राजधानी समेत भएको प्रदेश भएकाले उदाहरणीय काम गर्नुपर्ने उनको राय छ ।