काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


पछिल्लो २४ घन्टामा कोरोना कारण मृत्यु हुने संख्या शुन्य रहेको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा १ सय ६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।