काठमाडौँ– जे. जी. आई. नेपाल फाउण्डेसनले नेपाली सेनाको ‘हिमाल सफाइ अभियान’ लाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । फाउण्डेशनले आइतबार एक समारोहबीच संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कार्य सम्पादनका लागि नेपाली सेनाको ‘हिमाल सफाइ अभियान’ लाई १५ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको हो ।


ADVERTISEMENT


नेपाली सेनाले अन्य सरकारी निकाय, र निजी क्षेत्रहरुसंगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ । यसै गरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार हिमालय ( सगरमाथा, ल्होत्से, कञ्चनजङघा र मनास्लुुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ ।


ADVERTISEMENT

# # #


जेठ २२ गते विश्व वातावरण दिवसको दिन यो हिमाल सफाइ अभियान २०२२ सफलता पुुर्वक सम्पन्न भएको थियो । जे. जी. आईका विजयकुमार शाह र जावलाखेल गु्रप अफ इन्डस्ट्रीजले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो ।

यस संस्थाल शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सहयोग, लैङ्गिक समानता र वातावरणको क्षेत्रहरुमा मद्दत गर्दै आएको छ ।