काठमाण्डौं-पश्चिम र मध्य क्षेत्रका हिमाली जिल्लाहरुमा हिमपात हुने पूर्वानुमान गरिएको छ । साथै पश्चिम नेपालमा छिटपुट वर्षाको सम्भावना पनि छ । मौसमविद सुवास रिमालले भने, ‘पूर्व, पश्चिम र मध्य क्षेत्रका एक-दुईवटा हिमाली क्षेत्रहरुमा मध्यमखालको हिमपातको चान्स छ ।’


ADVERTISEMENT


रिमालका अनुसार अरब सागरमा चार-पाँच दिनदेखि सक्रिय ओक्सी चक्रवातको कारण नेपालको मौसममा प्रभाव परेको हो । मंगलबार बिहान काठमाडौं उपत्यकासहित मध्य र पश्चिम नेपालमा बिहानमा बदली भएको छ । अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दिउँसो घाम लाग्ने भएकाले जाडो बढ्ने सम्भावना रहेको रिमालले बताए ।


ADVERTISEMENT

# # #


काठमाडौंमा हिजोको तुलनामा जाडो घट्यो

काठमाडौं उपत्यकामा भने हिजोको तुलनामा आज तापक्रम बढेको छ । हिजो बिहान साढे ६ बजे तापक्रम मापन गर्दा यस वर्षकै कम ५.८ थियो । सोही समयमा आज भने ६.२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकामा बिहान बादल लागेको छ । बादल लागेपछि तापक्रम केही बढ्ने भएकाले न्यानो महसुस गरिएको छ ।