काठमाडौं – नेपाल बोटल वाटर उद्योग संघले पिउने पानीको जारमा मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् । पिउने पानीको अस्वभाविक मूल्यवृद्धि हुन थालेपछि उपभोक्ता मारमा परेका हुन् ।


ADVERTISEMENT


केहि महिना अघि उपत्यकामा मेलम्चीको पानी झरेपछि उपभोक्तालाई एकखालको राहत मिलेको थियो । तर वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्चीको पानीको मुहान थुनिएपछि पानीका उद्योगीहरु कमाउ धन्दामा लागिरहेका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले  नागरिकको दैनिक जीवनमा प्रभाव पार्ने र नभई नहुने पिउने पानीको अस्वभाविक मूल्यवृद्धि गरेकोप्रति विरोध शुरु गरेको छ । उद्योग संघले मनोमानी ढंगले मूल्यवृद्धि गरेको बिक्रेता संघको तर्क छ । यसले खुद्रा व्यापारी र उपभोक्ता मारमा पर्ने बिक्रेता संघले ठहर गरेको छ ।

यसअघि बिक्रेता संघलाई १० रुपैयाँमा दिने जार अहिले १८ रुपैयाँ तोकिएको भन्दै  बिक्रेता संघले आपत्तिसमेत जनाएको छ । बढ्दो महंगीसँगै केही मूल्य समायोजन स्वाभाविक भएपनि एकैपटक जारमा ८ रुपैयाँ बढाउनु जनताको ढाड सेक्नु रहेको  बिक्रेता संघको  निष्कर्ष छ ।

उद्योगीहरुले जारमा ८ रुपैयाँ बढाएर १८ रुपैयाँ कायम गरेपछि पानी वितरकहरुले हाल ३५ रुपैयाँसम्म जार बेच्नुपर्ने देखिएको छ । खुद्रा व्यापारीसम्म आइपुग्दा हालको पानीको मूल्य लागतसहित ५० देखि ६० रुपैयाँ पर्न आउने देखिएको छ ।

उद्योगीहरुको एकल निर्णयले जनता मारमा परेको भन्दै  बिक्रेता संघले विरोध मुल्यवृद्धिको विरोध गरेको हो । यद्यपि उद्योगीहरु यो निर्णय सच्याउने पक्षमा देखिएका छैनन् । उद्योगी र बिक्रेता संघबीच सहमति गरी जारको मूल्य १२ देखि १५ रुपैयाँसम्म बढाउनुपर्ने माग उठ्दै आएको छ ।