काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा बजेट माथिको छलफललाई स्थगनको प्रस्ताव दर्ता गराएको छ । संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो ।


ADVERTISEMENT


एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्‌मा छलफल हुने भएको छ।


ADVERTISEMENT

# # #