क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् । ‘मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला’, ट्विटमा उल्लेख छ ।

गत हप्तामात्र उहाँले अमेरिकी शहर लस एन्जेलसको भ्रमण गरेका थिए । त्यस क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएर सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए । उनलाई कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । यद्यपि उनी केहि दिन क्वारेन्टाइनमै रहनेछन् । यस्तै, जस्टिनले केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरबाटै कार्यालयको काम गर्ने जनाइएको छ । रासस