काठमाण्डौं-नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले डोल्पाका दुई वटा गाउँपालिकाको कार्यालय कब्जामा लिएका छन् । साइनबोर्ड टाँगेर कब्जा जनाएका हुन् । आइतबार जिल्लाको जगदुल्ला र मुड्केचुला गाँउपालिकाको कार्यालयमा पार्टीको झण्डा र साइनबोर्ड राखेर कब्जा गरेको हो ।


ADVERTISEMENT


सो क्रममा गाउँपालिकाका साइनबार्ड र झण्डा हटाइएको स्थानीयले जानकारी दिएका छन् तर प्रहरीले भने गाउँपालिका कब्जा नभएको दाबी गरेको छ ।


ADVERTISEMENT

# # #


घटनास्थल पुग्दा साइन बोर्ड र झण्डा नभएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन सकिएको केहि दिनदेखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा विप्लव कार्यकर्ताले विभिन्न गतिविधिहरू बढाउँदै लगेको स्थानीयले बताएका छन् ।

सरकार जनवादी सत्ताको बाधक बने पनि जनसंघर्षमार्फत जन प्रतिनिधिहरूलाई काबारही गर्ने चेतावनी दिएपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र नागरिक त्रसित बनेका छन् ।