काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै सरकारको तयारी नभएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफल दिदै मन्त्री कोईरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको भन्दै भ्रममा नरहन पनि आग्रह गरे ।


ADVERTISEMENT

# # #


अमेरिका सेना नेपालको इजाजतबिना जवरजस्त आउन नसक्ने उनले बताए । उनले सरकारलाई बदनाम गर्नका लागि एसपिपी सम्झौताको हल्ला फैलाएको तर्क गरे । त्यस्तै मन्त्री कोईरालाले संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले एमससी सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले उक्त घोषणा सम्झौताको अङ्ग बनेकामा द्विविधामा नपार्न आग्रह पनि गरे ।

उनले डेढ दशकदेखि अलपत्र परेको संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन कानुन सुधार जरुरी रहेको बताए । बलात्कारमा हदम्यादबारे भने कानुन आयोगले अध्ययन गरिरहेको उनले जानकारी दिए ।