काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरित कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबीच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हित विपरित कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफुबाट नहुने र अरुदेशले चासो राखेर कसैले भनेपनि आफुले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयार नरहेको र अमेरिकाले पनि दवाव नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाई छ । अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखे ।

उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका बिषयमा आवश्यक छलफल गर्न तयार रहेको जिकिर गरे ।