काठमाडौं – सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने अन्तिम तयारी गरेको छ । बिदेसिने युवा जनशक्ति रोक्न तथा स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदले उक्त कार्यक्रमको अन्तिम तयारी अन्तिम चरणमा पुगेकोे जानकारी दिएको छ ।


ADVERTISEMENT


परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले प्रमाणपत्रको आधारमा शैक्षिक बेरोजगार युवाहरुलाई ऋण लगानी गर्ने तयारीे अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ‘पाइलटिङ’को लागि गाउँ–गाउँमा युवा उद्यमलाई प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने कार्यक्रम सुरु गरिनेछ । “यो वर्ष मुलुकभरबाट ३५ जनालाई ऋिण दिइनेछ,” उनले भने, “यसको लागि कम्तिमा पनि स्नातक–तह उत्तीर्ण गरेको हुनुपर्छ ।” मन्त्रालयले कार्यक्रमको लागि ७५ लाख करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


“उद्योग खोल्न मन भएको शिक्षित युवाले बजेट अभावको कारणले उद्योग खोल्नबाट बञ्चित नरहुन् भनेर सरकारले ऋण दिन लागेकोे हो,” प्रशासकीय प्रमुख ठकुरीले थपे ।

परिषदका अनुसार उक्त कार्यक्रमको लागि निर्देशिका बन्दैछ । फागुनभित्र प्रक्रिया पूरा भई चैतदेखि कार्यक्रम सुरु गरिनेछ । त्यस्तै आगामी वर्षदेखि सो कार्यक्रलाई वृहत् ढंगले अघि बढाउने परिषद्को योजना छ ।