काठमाण्डौं(रासस)-जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो ।


ADVERTISEMENT


नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर भएको बताइएको छ । शिक्षा मन्त्रालयले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकले अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने नीतिगत व्यवस्था गरेको छ ।


ADVERTISEMENT

# # #


दश वटा वडा रहेको नगरपालिकालाई साक्षर घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले घोषणालाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र निरक्षर समूहलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाएर साक्षरता प्रतिशत बढाउनुपर्नेमा जोड दिए ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले साक्षरता दरमा भएको बढोत्तरीसँगै सामाजिक विकासको सूचकांक थपिने र समग्र विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले हालसम्म ४५ मध्ये ३५ वडा साक्षर घोषणा भएको म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जानकारी दिए। जिल्लाको साक्षरता प्रतिशत अहिले ९६.२७ प्रतिशत छ । बाँकी दश वटा वडालाई यही मंसिर महिनाभित्र साक्षर घोषणा गर्न लागिएको बताइएको छ । निरक्षरलाई अंक र अक्षर लेखपढ गर्न सिकाउने उद्देश्यले विसं २०६७ देखि साक्षरता कक्षा सञ्चालन हँुदै आएको थियो ।