काठमाडौँ– नेपाली सेनाले देशलाई असर पु¥याउने कुनै पनि किसिमका सैनिक सम्झौता नगर्ने स्पष्ट पारेको छ । रक्षा मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै सेनाले देशको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी नगर्ने स्पष्ट पारेको हो ।


ADVERTISEMENT


‘विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धि चर्चामा आएको विषयप्रति सेनाको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । यस्तै, मन्त्रालयले एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया नभएको समेत स्पष्ट पारेको छ ।


ADVERTISEMENT

# # #


साथै, भविष्यमा समेत यस किसिमको कुनै पनि सैनिक साझेदारी गर्न नहुनेतर्फ नेपाली सेना सचेत रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराईन्छ’, विज्ञप्तिमा उल्लेख छ ।