काठमाडौँ – एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरे । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी भने घर कुवेतमै बसेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल फर्किएपछि खेलाडी नवयुग श्रेष्ठले नयाँ खेलाडीहरुले सन्तोषजनक प्रदर्शन गरेको बताए । उनले यसअघि टिममा रहेका खेलाडी टिममा नपर्दा नतिजा सोचेजस्तो अनाएको बताए ।

कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो । समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।