काठमाडौँ–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि अपशब्द बोल्दै हातपात गरेका छन् ।


ADVERTISEMENT


मन्त्री आलेले अध्यक्ष अधिकारीलाई पहिले फोनमा र पछि आफ्नै कार्यकक्षमा बोलाएर अश्लील शब्दहरु बर्साउँदै कुटपिट समेत गरेको अन्नपूर्ण दैनिक पत्रिकामा उल्लेख छ । अन्नपूर्णले सो दूर्व्यवहारको अडियोसमेत सार्वजनिक गरेको छ । जसमा मन्त्री फोहोरी गाली गर्दै अधिकारीमा जाइलागेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको प्रस्टै सुन्न सकिन्छ।


ADVERTISEMENT

# # #


जानकारी अनुसार, आफुले सिफारिस गरेको मान्छेलाई जागिर दिन ढिलो गरेको कारण आले अधिकारीमाथि रुष्ट भएको भन्ने बुझिएको छ । अध्यक्ष अधिकारीले मन्त्री आलेकै आदेशमा केहीलाई जागिर लगाइसकेका थिए भने केहीलाई लगाउने प्रक्रियामा थिए।

बारम्बार कुनै न कुनै कारण विवादमा तानिरहने मन्त्री आलेको यसअघि पनि अश्लील शब्दहरु प्रयोग गर्दै भारतको मुम्बई बस्ने जगत ओलीलाई ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीधम्कीपूर्ण अडियो सार्वजनिक भएको थियो ।