काठमाडौँ – नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार २ सय ३४ पीसीआर परीक्षणका क्रममा २४ जना र १ हजार ३ सय ७६ एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ७७ जना निको भएका छन् । हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।