झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् ।


ADVERTISEMENT


बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणा उनी नेपाल आएका हुन् ।


ADVERTISEMENT

# # #


उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुगेका राजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गरेका छन् ।