काठमाडौं – भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ ।


ADVERTISEMENT


यसले स्थानीय स्रोत परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै “More Local, More Global” रणनीतिहरूमा जोड दिइरहेको छ ।
भिभोले विविधतामा विश्वास गर्छ र एफएमसीजी, हस्पिटालिटी, इलेक्ट्रोनिक्स लगायत विभिन्न उद्योगमा अनुभव बटुलिसकेका कर्मचारीहरु यहाँ आवद्ध छन् । नेपालमा भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै, आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिक्तामा राखेको छ । भिभोले कर्मचारीहरुको कामप्रति सन्तुष्टि र विकासका लागि कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकता बझेको छ र उनीहरुलाई प्रोत्साहन गर्दै करियर वृद्धि र विकासका लागि आवश्यक स्रोतहरू र सामग्रीहरु प्रदान गर्दछ । यसले उनीहरुलाई विभिन्न तालिम र विकास कार्यक्रमहरुमार्फत आफ्नो सीप वृद्धि गर्ने वातावरण प्रदान गर्दछ ।


ADVERTISEMENT

# # #


हाल ६० भन्दा बढि देशमा उपलब्ध रहेको भिभोका विश्वव्यापी रुपमा चार सय मिलियन भन्दा बढि प्रयोगकर्ताहरू छन् । त्यस्तै सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले उद्योगकै पहिलो पप–अप क्यामेरा स्मार्टफोन, पहिलो रङ परिवर्तन गर्ने फोन (भी २३ फाइभजी), र स्लिम डिजाइन फोन लगायत नयाँ–नयाँ विशेषताहरु ल्याएको छ । नेपाली बजारमा भिभोका भी श्रृङ्खला र वाई श्रृङ्खलाका स्मार्टफोनहरू उपलब्ध छन् । वाई–सिरिज ब्याट्री, डिजाइन र क्यामेरा विशेषताहरूमा केन्द्रित छ भने भी–सिरिजका स्मार्टफोनहरू सुन्दर डिजाइन, शक्तिशाली प्रदर्शन र मोबाइल फोटोग्राफी भएका लक्जरी स्मार्टफोनहरू हुन् ।

भिभोले दिर्घकालिन समयसम्म ब्राण्डसंग आवद्ध रहन इच्छुक ईमानदार कर्मचारीहरूको महत्व बझेको छ, जुन केवल काममा र व्यक्तिगत सन्तुष्टि मार्फत सुनिश्चित गर्न सकिन्छ । यसका लागि भिभोले कर्मचारीहरूलाई प्रशस्त अवसरहरू प्रदान गर्दै उद्योग सम्बन्धी थप अनुभवहरूको लागि एक्सपोजरमा मद्दत गर्दछ । साथै भिभोले आफ्ना कर्मचारीहरूलाई मासिक र त्रैमासिक रूपमा विभिन्न मनोरञ्जन गतिविधिहरूमा संलग्न गराउदै आइरहेको छ जहाँ प्रत्येक कर्मचारीले उनीहरूको व्यक्तित्व अनुभव गर्न, एक्सपोजर हासिल गर्न र टिम प्लेयर हुन आवश्यक विविध सीपहरू अनुभव गर्न पाउँछन् । यसले काम बाहिरका गतिविधिहरू मार्फत कर्मचारीहरूमा स्थिर वृद्धि सुनिश्चित गर्दछ ।

भिभो आफ्ना कर्मचारीहरूको व्यक्तिगत लक्ष्यहरू प्राप्तिका लागि मद्दत गर्न पाउँदा गौरवान्वित महशुस गर्दछ । भिभोले कर्मचारीहरूको विकासमा मद्दत गर्न सीपमूलक तालिमका लागि फन्ड गर्दछ जसअन्तर्गत उनीहरुको रोजाइका कोर्षहरु पर्दछन् । साथै, तिनीहरू आफ्नो सीपहरु अन्य सहकर्मीहरुसंग बाड्न पनि सक्छन् ।

यी सबै कारकहरूले अत्यधिक कार्यबलको परिणाम दिन्छ जुन दक्ष एवं विविध छ । भिभोमा कार्यरत प्रत्येक व्यक्ति यस क्षेत्रमा अरूलाई सिकाउन र मद्दत गर्न दक्ष छन् र उनीहरु थप अनुभवी र जानकार जनशक्ति निर्माणमा मद्दत पुर्याउन सक्षम छन् । यो त्यही प्राविधिक तथा सैद्धान्तिक प्रशिक्षणको नतिजा हो जुन भिभोले आफ्ना कर्मचारीहरूलाई संगठनमा आवद्ध भएपछि प्रदान गर्दछ ।

भिभो नेपाल एकताको भावनामा विश्वास गर्दछ जहाँ सबै मिलेर हरेक उत्सवहरु मनाउने गर्दछन् र अलग धर्म र संस्कृतिको वावजुद विविधतालाई प्रवद्र्धन गर्दछन् । यसबाहेक, भिभोले युवाहरूमा विश्वास गर्छ । तिनीहरू चलाख, शिक्षित, र रचनात्मक छन् । यसले भिभोलाई सम्भावित कर्मचारीको रूपमा उनीहरूमा लगानी गर्न प्रेरित गर्छ । यसका लागि भिभोले विभिन्न संस्था र कलेजसंग सहकार्य गर्दै प्लेसमेन्ट ड्राइभ, क्यारियर फेयरहरू आयोजना गर्ने र सहभागी जनाउने गर्दै आएको छ । यसमार्फत भिभोले योग्य युवाहरूलाई उज्ज्वल भविष्यको प्रतिज्ञा मात्र गर्दैन, देशमा रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छन् ।

भिभो एउटा यस्तो संस्था हो जसले आफ्ना कर्मचारीहरूलाई उच्च प्राथमिकतामा राखेको छ । यसले एक आदर्श संस्थाको रूपमा उनीहरूको हेरचाह गर्छ । सीप र ज्ञानमा मात्र नभई उनीहरुको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिँदै कर्मचारी र ब्रान्ड दुवैको उज्ज्वल भविष्यको लागि वृद्धि र अवसरहरूको प्रतिज्ञा गर्दछ ।