काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गत नेपालले कुवेतलाई २५ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो ।


ADVERTISEMENT


शनिबारको खेलमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रनमा सिमित भयो । कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक ३१ रन जोडिन् । कप्तान अम्ना तारिकले १४ रन बनाइन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सीता रानामगरले सर्वाधिक २ विकेट हात पार्दा इन्दु बर्मा, अस्मिना कर्माचार्य र संगिता राईले एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन जोड्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ तथा इन्दु बर्माले अविजित २८ रनको योगदान गरे । ज्योति पाण्डेले १५, विन्दु रावलले ११ तथा सीता रानामगर र काजल श्रेष्ठले समान ५ रन जोडे ।

कुवेतका लागि मारियमा हैदरले २ तथा मरयम ओमार तथा खादिजा खलिलले १-१ विकेट लिए ।