काठमाडौँ– तीनदिने नेपाल भ्रमणका लागि आएका दुबईका राजकुमार सेख जुमा अल मुक्तुमले बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई शनिवार युएईका राजकुमारले लौरो उपहार ल्याइदिएका थिए । सुनजस्तै पहेंलो धातु लेपन गरिएको लौरौ ‘सुनको हो’ भन्ने हल्ला फैलिएपछि भाइरल भएको थियो ।


ADVERTISEMENT


चर्चित व्यवसायी एवम् नेकपा एमालेका केन्द्रिय सदस्य समेत प्रसाईको निमन्त्रणमा नेपाल आएका राजकुमार मुक्तुमले आइतबार बिहान बिएण्डसी परिसर भ्रमण समेत गरेका छन् । सोहि क्रममा प्रसाईले उनलाईस्वागत गर्दै नेपालमै उत्पादित मार्सी चामल, सिरुपाते नेपाली खुकुरी, हिमालको पानी, यार्सागुम्बा एवम् शिलाजितलगायतका वस्तुहरु उपहार स्वरुप प्रदान गरेका छन् । मार्सी चामलको ब्राण्ड नै बनाएका प्रसाईले विश्वमा नेपाल भनेर चिनाउने हेतुले सो वस्तुहरु प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


दुबईका खर्बपति राजकुमार मक्तोउम् शाही परिवारको लगानी रहेको एमबिएम ग्रुपका अध्यक्ष समेत हुन् । उक्त कम्पनीले हवाइजहाज, पानी जहाज, स्वास्थ्य शिक्षा, पर्यटन क्षेत्रमा लगानी गर्छ।

आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले बिएण्डसीले ५ सय डाक्टर पढाउनका लागि दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन्। दुईबीच यसमा सम्झौता गरिएको भनिएको छ।