काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्मै कायम रहेने बताएका छन् ।


ADVERTISEMENT


आइतबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष नेपालले देशमा निर्वाचन प्रणाली अनुसार कुनै पनि दलले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नभएकाले गठबन्धन गर्नुको विकल्प नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘हाम्रो निर्वाचन प्रणाली नै कस्तो छ भने, यसले एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ । निर्वाचन प्रणालीले नै एकभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने दिशातर्फ यो मुलुकको राजनीति अघि बढेको छ ।’ उनले भने, ‘त्यसकारण आगामी चुनावसम्म गठबन्धन कायम त रहन्छ नै । त्यसपछि पनि यसलाई अघि बढाएर लिएर जानुपर्नेमा हाम्रो ध्यान जान्छ ।’

उनले आगामी निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँटका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए । यस्तै अध्यक्ष नेपालले एमालेसँग पनि गठबन्धनको ढोका खुलै रहेको बताए । यद्दपी गठबन्धनका लागि एमाले अध्यक्ष ओलीले यसअघि गरेका गल्ती स्वीकार गर्नुपर्ने उनले शर्त राखे ।