काठमाडौँ – राष्ट्रिय सभाको बैठकमा विभिन्न विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएका छन् ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले अध्यागमन विधेयक, अनुगमन तथा मुल्याङ्कन विधेयक, प्रतिलिपी अधिकार पहिलो संशोधन बिधेयक, विद्युत विधेयक पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएको छ । त्यसअघि बैठकको विशेष समयमा सांसदहरु विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अनिता देवकोटाले विकास सहायता परराष्ट्र नीतिलाई ख्याल गर्न सरकारलाई सुझाव दिए ।

त्यस्तै सांसद खिमलाल देवकोटाले सरकारका कामहरु पारदर्शी हुनुपर्ने धारणा राखे । राष्ट्रियसभाको अर्को बैठक सोमबार बोलाइएको छ ।