काठमाडौँ– बलात्कारीलाई कारवाहीको माग गर्दै अनशन बसेकी ‘कुमारी आमा’ निहारिका राजपूतलाई भेट्न नायिका करिश्मा मानन्धर गत शुक्रवार उनकै डेरामा पुगिन् ।


ADVERTISEMENT


सरकारका विभिन्न निकायसँग ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै आफ्नो अनशन तोडेकी राजपूतलाई भटेर नायिका मानन्धरले उनीसंगै उनको बच्चालाई आफुले ‘एडप्ट’ गर्न चाहेको भन्दै आफ्नै घर हिड्न आग्रह समेत गरिन् । यद्यपि उनको सो प्रस्तावलाई निहारिकाले भने ठाडै अस्वीकार गरेकी छन् ।


ADVERTISEMENT

# # #


उक्त लडाई लड्नुको अर्थ आफुले कसैको घरमा बास पाउनकै लागि नभएको उनको भनाई छ । उनी भन्छिन्, ‘मलाई न्याय चाहिएको छ, दया होइन ।’ यद्यपि मानन्धरप्रति आभारी जनाउँदै उनले भनिन्, ‘करिश्मा दिदीको माया र सद्भावका लागि म एकदमै आभारी छु । तर, मैले कसैको दयाको पात्र बन्न यो कठिन संघर्ष गरिरहेको छैन । मलाई चाहिएको न्याय हो । उहाँले न्यायको संघर्षमा पनि साथ दिनुभयो भने त्यो मेरो लागि धेरै ठूलो कुरा हुनेछ ।’

यस्तै, आफु सक्षम भएको र आफैँ कमाएर आफ्नो बच्चा हुर्काउन सक्ने बताउँदै रापूतले थपिन्, ‘मेरो हातखुट्टा सहि सलामत छ । म आफै काम गरेर आफ्नो बच्चा पाल्न सक्छु । मलाई खालि न्याय चाहिएको छ । मलाई दया देखाउनुभन्दा पनि मानसिक रुपमा बलियो बनाउने कोशिस गरिदिनुभयो भने थ्यांकफुल हुन्छु ।’