महोत्तरी– संयुक्त मधेसी मोर्चाले विरोध गरेपछि निर्वाचन आयोगको कार्यालय महोत्तरीले जिल्लामा मतदानस्थल थप गर्न बोलाइएको आजको बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


स्थानीय निर्वाचन प्रयोजनका लागि थप २७ वटा नयाँ मतदानस्थल कायम गर्नुपर्ने भएकाले निर्वाचन कार्यालय महोत्तरीले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले मधेसको माग पूरा नहुञ्जेल आफूहरू निर्वाचनमा भाग नलिने भन्दै विरोध जनाएपछि बैठक स्थगित गर्नुपरेको निर्वाचन अधिकृत पिङ्की रायले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मधेसी मोर्चाले निर्वाचनअगावै संविधान संशोधन गरेमात्र आफूहरू चुनावमा भाग लिने स्पष्ट पार्दै सद्भावना पार्टीका नेता सुदीप झाले त्यसअघि हुने स्थानीय तहको निर्वाचन तयारीका अन्य काममा पनि विरोध जनाउने बताए ।

महोत्तरीमा यसअघि २३३ मतदान केन्द्र कायम थियो । स्थानीय तह पुनसंरचनाअनुसार २७ वटा नयाँ मतदान केन्द्र थप्नुपर्ने आवश्यक देखिएकाले दलीय सहमतिका लागि बैठक बोलाइएको हो ।

सर्वदलीय सहमति हुन नसकेपछि बैठकमा उपस्थित मधेसी मोर्चा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरूकै सहमतिमा बैठक स्थगन गर्ने निर्णय गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया