काठमाडौँ – आर्थिक वर्ष २०७९/८० का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय सभागृहमा आयोजित काठमाडौँ महानगरको नगरसभामा मेयर बालेन्द्र शाहले नीति तथा कायक्रम सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


सार्वजनिक नीति तथा कार्यक्रममा फोहोरको वैज्ञानिक व्यवस्थापन, कला, संस्कृतिको जर्गेना र प्रवर्द्धन, डिजिटल र होम डेलिभरी सरकार, स्वास्थ्य बीमा, सार्वजनिक सवारी व्यवस्थापन, शिक्षाको गुणस्तर वृद्धि र नियमन लगायतका विषय प्राथमिकतामा परेका छन् ।


ADVERTISEMENT

# # #


जस अनुसार फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै वर्गीकरण गर्ने, कुहिने फोहोरलाई घरमै मल बनाउनेलाई विशेष सहुलियत दिने, फुटपाथको स्तरोन्नति, बस स्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ र बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ बताइएको छ । यस्तै एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गरिने, पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरिने उल्लेख छ ।

७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने, हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने मेयर शाहले बताए ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्: