काठमाडौं – सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वद्धि गरेको छ। पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ ।


ADVERTISEMENT


यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ।


ADVERTISEMENT

# # #


खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।