काठमाडौं – संयुक्त अधिराज्य इमिरेट्स (युएई) का राजकुृमार शेख मोहम्मद विन मक्तुमविन जुमल मुक्तुम सक्कली भएको नेपाल सरकारले पुष्टि गरेको छ । नेपाल सरकारको गृह मन्त्रालयले राजकुमार विन मक्तुमविन जुमल मुक्तुमको भ्रमणस्थलको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएर उनी सक्कली भएको प्रमाणित गरेको हो ।


ADVERTISEMENT


पूर्वाञ्चल क्यान्सर अस्पताल एवं बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँको व्यक्तिगत निमन्त्रणमा राजकुमार शेख मोहम्मद विन मक्तुमविन जुमल मुक्तुम नेपाल भ्रमणमा छन् । भ्रमणका क्रममा उनी हाल झापाको बिर्तामोडमा छन् ।


ADVERTISEMENT

# # #


राजकुमार विन मक्तुमविन जुमल मुक्तुम बिर्तामोड पुगेपछि केही ‘सञ्चार माध्यम’ ले उनी नक्कली भएको भन्दै अफवाह फैलाएका थिए । त्यहीँ अफवाहलाई विस्वास गर्दै सामाजिक सञ्जालमा समेत उनी नक्कली भएको भन्दै उछितो काढिएको थियो ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल काठमाडौंले युएईका राजकुमार सहभागी कार्यक्रममा चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन जारी गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन् ।

निजी विमानमार्फत कार्यकारी निर्देशक प्रसाईँको निमन्त्रणमा नेपाल आएका राजकुमार हिजो ४ असारमा झापस्थित बिर्तामोड पुगेर पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटीको औपचारिक उद्घाटन गरेका थिए । आज ५ असारमा उनी झापाकै केचनाकवल जाने कार्यक्रम थियो । तर, उनीमाथि अफवाह फैलाईएपछि सुरक्षाको कारण केचनावल भ्रमण रद्द गरेका थिए । राजकुमार विन मक्तुमविन जुमल मुक्तुम भोलि ६ असारमा पोखरा जाने कार्यक्रम छ । पोखरामा उनको सुरक्षाका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक प्रसाईको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणमा आएमा राजकुमारले प्रसाईलाई सुन जस्तो देखिने धातुले मोरेको लौरो उपहार दिएका थिए । तर, त्यसलाई समेत विवादित बनाइएको थियो । प्रसाईले आवश्यक परे उक्त लौरो राज्यलाई बुझाउने आज ५ असारमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको कार्यक्रममा घोषणा गरेका छन् ।