झापा – दमक नगर पालिका वडा नं ७ का बासिन्दाको रतुवा खोलामा आएको बाढीको कारण घरजग्गा कटान भएको छ ।


ADVERTISEMENT


आइतबार रातको  समयमा भएको अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले गर्दा वडा नं ७ का बासिन्दाको बिचल्ली भएको हो ।


ADVERTISEMENT

# # #


बाढीले घर नै बगाउने अवस्था सिर्जना भएपछि १३ घर परिवालाई सुरक्षित स्थान (आफन्तहरुको घर) तर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

साथै दमक स्थित रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गरेको पनि उपरिक्षक  पाठकले बताए