काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिडियालाई कन्सल्टेन्सी बनाएर मेयर पदमा निर्वाचित भएको आरोप लगाएकी छन् । सोमबार पोखरामा नेपाल तरूण दलको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले बालेनले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी हुन् ।


ADVERTISEMENT


चुनावका क्रममा मेयर बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको जनाउँदै आरजुले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उनले भनिन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’ स्वतन्त्रहरु जनप्रतिनिधिहरुले गर्ने कामको मुल्यांकन हुने बताउँदै उनले अघि भनिन्, ‘उनीहरूको काम कस्तो हुन्छ हेर्न बाँकी छ ।’


ADVERTISEMENT

# # #


यस्तै, सञ्चार क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेका चर्चित सञ्चारकर्मीलाई रवी लामिछानेलाई समेत आरजुले कटाक्ष गर्न भ्याइन् । लामिछानेतर्फको इंगित दिदैँ उनले भनिन्, ‘अहिले त स्वतन्त्र उम्मेदवारी दिने लहर नै छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा ।’

लामिछानेले केहि दिन अघि मात्रै सञ्चारकर्मीको पेशाबाट अलग्गिएको जानकारी गराउँदै संसदिय चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने घोषणा गरेका थिए ।