काठमाडौँ – निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले निगमले आफ्ना कर्मचारीलाई कुनै पनि प्रकारको बोनस नदिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले निगम निरन्तर घाटामा भएकाले कर्मचारीलाई कुनै किसिमको बोनस नदिइएको जिकिर गरेका हुन् । उनले भने, ‘बारम्बार मलाई सोध्ने प्रश्न के हो भने बोनस खानुहुन्छ तपाईंहरु, आर्थिक वर्ष २०५८/५९ देखि आज २० वर्षसम्म नेपाल आयल निगमले कुनै पनि प्रकारको बोनस दिएको छैन ।’


ADVERTISEMENT

# # #


उनले बोनस खानलाई कम्पनी ३ वर्ष नाफामा हुनुपर्ने प्रावधान रहेको बताउँदै नेपाल आयल निगम लामो समयदेखि नाफामा नरहेकाले बोनस खाने कुरै नहुने बताए । उनले थपे, ‘२० वर्षदेखि नेपाल आयल निगमको कुनै पनि कर्मचारीले बोनस खाएको छैन ।’

संसारमा आयल उद्योगमा काम गर्ने सबैभन्दा सेवा सुविधा कम भएको नेपाल आयल निगम रहेको बताउँदै उनले कर्मचारीलाई सबैभन्दा कम सेवा सुविधामा काम गराइराखेको दाबी गरे ।

यस्तै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु निगमको बाध्यता रहेको बताए ।