काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सुन्दरी प्रतियोगिताका नाममा सहभागीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउन आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै अदालतले बाल यौन दुरुपयोगको कसूरमा पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्न समेत आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


अदालतको आदेशसँगै पोण्डेलाई दिल्लीबजार कारागार पठाइएको छ ।

मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक १६ वर्षीया किशोरीले पाण्डेले आफूलाई ‘सक्सेस पार्टी’ भन्दै बानेश्वरको एक होटेल बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जालमा २० वटा भिडियो मार्फत उनले घटना सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पक्राउ गरेको थियो ।

घटना भएको हदम्याद (१ वर्ष) नाघिसेकेकाले प्रहरीले उनलाई जबरजस्ती करणी नभई मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो ।