काठमाडौँ– नेपाली कांग्रेसले अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


मंगलबार कागं्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट बञ्चित गर्न नहुने बताए । यस बिषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे । विदेशमा लाखौँ नेपाली रहेको र उनीहरुले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारकबाट बञ्चित गर्न नहुने उनले बताए ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यस्थीत गर्न ध्यानाकर्षण गराइएको जानकारी दिऐ । मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले जनाए ।

आयोगले तत्कालै काठमाडौंको मतदाता नामावली संकलनलाई व्यवस्थीत गर्ने प्रतिवद्धता जनाएको थापाले जानकारी दिए ।