काठमाडौँ– पूर्वसञ्चारकर्मी रवि लामिछाने नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका लामिछाने कार्यक्रम लगत्तै दल दर्ताका लागि श्रीमतीसंगैआयोग पुगेका हुन् । लामिछानेलाई साथ दिन उनका शुभचिन्तकहरु पनि आयोग पुगे ।


ADVERTISEMENT


लामिछानेले व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् ।  आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्बन गर्ने शासकीय स्वरूपलाई अंगिकार गर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


साथै ‘नेपोटिजम’ लार्य निषेध गर्दै पार्टीमा ५० प्रतिशतभन्दा धेरै युवाको सहभागिता हुने उनले जानकारी दिए ।